कोरोना भाइरस : २४ घण्टामा ४६८ संक्रमित थपिए

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

बिभिन्न ठाउँ बाट १२१ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १३४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन्।

क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।

काठमाडौँ जिल्लामा छ जना, ललितपुरमा एक र भक्तपुरमा एक जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।