कोरोना भाइरस अपडेट: २२४ जना संक्रामित र थप चार जनाको मृत्यु

एक दिनमा कोरोना भाइरस सङ्क्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

साथै आज सुक्रबार थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको छ। सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४,३९९ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३१६ व्यक्ति देशभरि छन्।

काठमाण्डू उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५१९ पुगेको छ। शुक्रवार काठमाण्डूमा २४ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

कुल सङ्क्रमितको सङ्ख्या काठमाण्डूमा ४१४ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ। सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ।

विगत २४ घण्टामा पीसीआर विधिबाट १०,७६८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,७५,४१६ रहेको छ।