नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,७६० पुगेको छ। आइतवार नै गुल्मीमा एक पुरुषको आइसोलेशनस्थलमा उपचारका क्रममा मृत्यु मन्त्रालयले पुष्टि गरेको छ।

उनी क्यान्सर पीडित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

धूर्कोट गाउँपालिका वडा नम्बर ४ जैशीथोकका ३६ वर्षका पुरुषको मृत्यु भएको छ। उहाँको जेठ १२ गते प्रदेश प्रयोगशाला रूपन्देहीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *