नेपालमा विगत २४ घण्टामा थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीवार सङ्क्रमित भएकामध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको छ।
योसँगै बिहीवार अपराह्णसम्म देशभरि ७२ जिल्लामा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ।
तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
कुन प्रदेशमा कति संक्रामित
डा. गौतमका अनुसार प्रदेश नं १ का १३ जिल्लामा ३०७ जना, प्रदेश नं २ का ८ जिल्लामा १,६७१, वाग्मती प्रदेशका १२ जिल्लामा १४७ र गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना सङ्क्रमित रहेका छन्।
त्यस्तै प्रदेश नं ५ का १२ जिल्लामा १,३९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९२ जना सङ्क्रमित रहेका छन्।
Leave a Reply
View Comments