थप ३१४ जनालाई कोरोना संक्रमण भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २९४ जना पुरुष र २० जना महिला छन्। कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। देशभर अहिलेसम्म ३ हजार ७ सय ६२ जना संक्रमित छन्। ४८८ जना संक्रमण मुक्त भएर घरफर्केका छन्। अहिलेसम्म ७१ जिल्लामा संक्रमण फैलिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *