पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ४६८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,१९३जनामा सक्रिय सङ्क्रमण छ भने १७,२०१ जना भाइरसमुक्त भएका छन्। गएको नौ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ छ।

सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश २ मा ३,८२७ जना र बागमती प्रदेशमा २,००२ जना रहेका छन्।

त्यस्तै प्रदेश १ मा ८९४ जना, गण्डकी प्रदेशमा २६२ जना, प्रदेश ५ मा ७३६ जना, कर्णाली प्रदेशमा २२५ जना र सुदूरपश्चिम प्रदेशमा ८१० जना सक्रिय सङ्क्रमित रहेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *