पोखरा – पोखरामा कोरोना सङ्क्रमित एक जना मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १९ निवासी ६२ वर्षीय पुरुष भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मधुमेहकाे बिरामीसमेत रहेका उहाँ यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उहाँको हिजो शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको बताइएको छ । योसँगै कास्कीमा कोरोना सङ्क्रमित भई प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *