भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार पाँच सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै शनिबारसम्म भारतमा कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय १२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १४ लाख २७ हजार ६ जना भने निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल भारतमा सक्रिय संक्रमितको संख्या भने ६ लाख १९ हजार ८८ मात्र छ ।

त्यसैगरी भारतमा कोरोना संक्रमणबाट ४२ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *