सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १ सय १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जना, डडेल्धुरा प्रयोगशालामा १३ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४० जना र धुलिखेल अस्पतालमा ३४ जना गरि १ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रबार नै धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन्।

सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार धनगढीका ८ जना पुरुष र ८ जना महिलामा संक्रमण पुष्टि भएको छ। यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ६ का तीन जना, वडा नम्वर १, २ ७ र ८ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ।

सेती अस्पतालको बिज्ञप्ती अनुसार बझाङको मष्टा-१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

आज एक सय १३ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार पाँच २४ पुगेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *