स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ।

कोरोना भाइरस का कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।

साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

लकडाउन भन्दा अगाडिका छ दिनमा गरिएका पीसीआर परीक्षणमा औसत ३.२% सङ्क्रमण पुष्टि भएका थिए भने लकडाउन खुलेपछि सो औसत ३.३% रहेको छ ।

गत २० घण्टामा तीन जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको डा. गौतमले बताए।

मृत्यु हुनेमा ६५ वर्षीय भारतीय पुरुष, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन्।

भारतीय नागरिकको पर्साको वीरगञ्जमा मृत्यु भएको हो। उनी मुटु तथा मधुमेहको रोगी रहेको बताइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *