पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ व्यक्तिमा सङ्क्रमण पुष्टि र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अब देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,४४५ पुगेको छ। तीमध्ये ११,५३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

२४ घण्टामा २८५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। उनका अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,८७१ ब्यक्ति देशभरि आइसोलेशनमा छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,६८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ३,०८,४९८ जनाको पीसीआर परीक्षण गरिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *