काठमाडौं – पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको शर्माले बताए ।

मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस

यो पोस्टमा तपाईँको प्रतिक्रिया दिनुहोस ।

Your email address will not be published. Required fields are marked *