नेपालमा आज आइतबार थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,७८४ पुगेको छ। तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,२०३छ। क्वारन्टीनमा अहिले ३१,५७३ जना छन्।

पछिल्लो २४ घण्टामा ४,७१० जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *