नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो सँगै बुधवार सम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको छ।

तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयका प्रबक्ता ले बताएका छन । एक दिनमा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अछाम जिल्लामा असार १४ गते मृत्यु भएका एक पुरुषमा मरणोपरान्त कोभिड-१९ पुष्टि भएको जानकारी उनले दिए।

अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ। बुधवार पुष्टि भएका सङ्क्रमितमध्ये अछाममा १२६, महोत्तरीका ३६, सुर्खेतमा २२ र धनुषामा २१ जना छन्।

काठमाण्डू उपत्यकामा पनि १७ सङ्क्रमित थपिएका छन्। तीमध्ये ललितपुरमा पाँच, भक्तपुरमा दुई र काठमाण्डूमा १० जना मा कोभिड-१९ पुष्टि भएको हो।

विभिन्न जिल्लामा ४८,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। ससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३३,२२७ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *