भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

भारतमा कोरोनाभाइरस बाट सङ्क्रमण हुनेको सङ्ख्या १० लाख नाघेको छ।

विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशहरूको सूचीमा भारत अमेरिका र ब्रजिलपछि तेस्रो स्थानमा छ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा देशभरि थप ३४,९५६ जनामा सङ्क्रमण पुष्ट भएपछि सङ्क्रमितको कुल सङ्ख्या १०,०३,८३२ पुगेको हो।

सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म भारतमा २५,००० भन्दा बढी मानिसको मृत्यु भएको र ६,००,००० जना निको भएको देखाउँछ।

कोरोना सम्बन्धित जानकारी भारत