नेपालमा कोरोना भाइरस संक्रमित ५९३ जना थपिए, एक जनाको मृत्यु

नेपालमा विगत थप ५९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभरि सङ्क्रमितको सङ्ख्या ११,७५५ पुगेको छ।

तीमध्ये २,६९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयले थप ४८ जना निको भएको तथा एक जनाको मृत्यु भएको शुक्रवार पुष्टि गरेको हो।अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ संक्रमित छन । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

बिहीवार विभिन्न जिल्लामा ४३४ जना र बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार कोरोना भाइरस बाट दाङमा एक महिलाको मृत्यु भएको हो।

असार ११ गते अचेत अवस्थामा फेला परेकी र अस्पतालले मृत घोषित गरेकी ती अन्दाजी २५-३० वर्षीया ती महिलाको नाम परिचय खुलेको छैन।

मरणोपरान्त उनीबाट सङ्कलित नमुना सङ्कलन गर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए। परीक्षणको परिणाम शुक्रवार आएको थियो।

Total
16
Share