वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव, उनका चालक, पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणहरुको शुक्रबार राती सार्वजनिक गरिएका परिक्षण रिर्पोटमा पर्सा निर्वाचन क्षेत्र ...

वीरगञ्ज – पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ...

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा २७३ कोरोनाभाइरस सङ्क्रमित फेला परेपछि बुधबार राति १२ बजेदेखि ७२ घण्टाको लागि गाउँपालिका सिल गरिएको छ । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सम्सी गाउँपालिकामा मात्रै २७३ जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको ...

सातवटै प्रदेशका सरकारहरूले विश्वव्यापी रूपमा देखा परेका कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण, उपचारमा तथा श्रम र रोजगारीमा केन्द्रित रहँदै प्रदेशसभामा बजेट पेश गरेका छन्। आगामी आर्थिक वर्षका लागि पेश गरिएका ती बजेट सम्बन्धित प्रदेश सभाहरूबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्। बजेटमा कोभिड-१९ ...

सर्लाही – सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान भारतीयहरू नारायणपुर नाका हुँदै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न ...

चैत ११ गते लकडाउन भएदेखि बन्द रहेको वीरगञ्ज बजार स्थानीय प्रशासन तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार २३ गतेदेखि जोर बिजोर दिनमा बजार खुलाइए पनि २५ गते आइतबारबाट फेरि खुलेको बजार बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय ...