सुर्खेतस्थित एकजना गरिब कृषकले आफ्नो ऋण एकजना स्थानीय चिकित्सकले तिरिदिएपछि उनले लगाएको गुन दूध खुवाएर तिर्ने बताएका छन्। तीनमध्ये दुईवटा भैँसी बेच्दापनि ऋण चुक्ता हुन नसकेपछि कृष्णबहादुर खत्रीले आफ्नो अन्तिम भैँसी पनि बेच्ने अवस्थामा पुगेका थिए। तर उनको अवस्थाबारे थाहा ...

सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएका दुइ चिकित्सक र दुइ स्वास्थ्यकर्मी हुन । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना ...

सुर्खेत – कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ ...

जुम्ला – जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएपछि चन्दननाथ नगरपालिकालाई अर्को सूचना जारी नभएसम्मका लागि सील गरिएको छ। अस्पतालले उपलब्ध गराउँदै आएको आकस्मिक बाहेक अन्य सेवाहरू पनि बन्द गरिएको छ । अस्पतालका निर्देशकले सम्पुर्ण कर्मचारीहरूको ...

मङ्गलबार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ । मङ्गलबार थप भएका नौ जनामा दैलेखका पाँच र सुर्खेतका चार रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी ...

सातवटै प्रदेशका सरकारहरूले विश्वव्यापी रूपमा देखा परेका कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण, उपचारमा तथा श्रम र रोजगारीमा केन्द्रित रहँदै प्रदेशसभामा बजेट पेश गरेका छन्। आगामी आर्थिक वर्षका लागि पेश गरिएका ती बजेट सम्बन्धित प्रदेश सभाहरूबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्। बजेटमा कोभिड-१९ ...

कर्णाली नदीमा एउटा टिपर खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताएका छन्। अधिकारीहरूका अनुसार उक्त दुर्घटनामा कम्तीमा ३९ जना बेपत्ता भएका छन्। उक्त टिपरमा भारतबाट घर फर्किएका मानिसहरू चढेका ...

सुर्खेत, ३ जेठ | नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे ...

जेठ ८ गते भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ ...

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनी १२ जनाको समूहमा ...