अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो महंगाई र बेरोजगारीको बीचमा विश्वभर मन्दीको लहर चल्न थालेको जनाएको छ । रुस र युक्रेन को युद्धले युरोपलगायत विश्वका अर्थतन्त्रमा परेको प्रभाव, विश्वव्यापी आपूर्ति मा कमजोरी र मुद्रास्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाउने अवधिले विकास दरमा प्रत्यक्ष असर पारेको देखिन्छ । आईएमएफले मंगलबार फेरि एक पटक आफ्नो विश्वव्यापी वृद्धि प्रक्षेपण घटाएको छ। नेपालको छिमेकी राष्ट्र भारतको वृद्धि प्रक्षेपण पनि घटाइएको छ यसको सिधा असर नेपालमा पनि पर्नेछ।

आईएमएफले वर्ल्ड इकोनोमिक आउटलुकको अद्यावधिकमा भनेको छ कि विश्वव्यापी वास्तविक जीडीपी वृद्धि २०२२ मा ३.२ प्रतिशतमा हुनेछ, यो भन्दा पहिले जुन अप्रिलको पूर्वानुमानमा ३.६ प्रतिशत थियो।

चीन र रुसको जीडीपी सुस्त परेको कारण दोस्रो त्रैमासिकमा विश्वको जीडीपी घटेको उल्लेख छ ।

अमेरिकाको लागि, आईएमएफले २०२२ मा २.३ प्रतिशत र २०२३ मा एक प्रतिशतको वृद्धिको प्रक्षेपण जुलाई मा गरेको थियो। यस्तै २०२२ को लागि चीनको जीडीपी वृद्धि प्रक्षेपण ४.४ बाट ३.३ मा घटाएको छ।

आईएमएफले पश्चिमी देशहरूले वित्तीय र ऊर्जा प्रतिबन्धहरू कडाइका कारण रुसको अर्थतन्त्र २०२२ मा ६.० प्रतिशत र २०२३ मा ३.५ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ। युक्रेनको अर्थतन्त्र युद्धका कारण करिब ४५ प्रतिशतले संकुचित हुने अनुमान गरिएको छ।

नेपालको छिमेकी भारतमा कस्तो असर पर्ला?

नेपाल ले सबैभन्दा धेरै व्यापार भारत सँग गर्छ, भारतबाट हुने पेट्रलियम पदार्थको आयात ले नेपाललाई ठूलो ब्यापार घाटा हुन्छ।

सन् २०२२ मा भारतीय अर्थतन्त्र ७.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने २०२३ मा ६.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्