प्रकाश भाट, डडेल्धुरा : घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराले उद्योग स्थापनार्थ जनचेतना जगाउन थालेको छ । उद्योगका वारेमा जनचेतना जगाउँने उदेश्यले चौथो उद्योग विदशको अवसर पारेर जिल्ला घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराले जिल्लाको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालीकामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
जिल्लाकै आधा जनसंख्या रहेको भित्रिमधेशको आलिताल र पर्शुराम नगरपालीकाका स्थानिय वासीन्दालाई उद्योग वाट हुन सक्ने फाईदाका वारेमा जनचेतना जगाउँनका लागि र्यालीका साथै सभाको आयोजना गरिएको थियो । पर्शुराम नगरपालीका सदरमुकाम लालढुंगा वजारमा निकालिएको र्यालीमा औधीगिक क्षेत्रमा लगानी सम्वृद्धि सुनौलो विहानी,उद्यम सिलताको विकास वेरोजगारी समस्याको गिदो निकास,उद्योग गरौ,आम्दानी वढाऔं लगायतका नारा लेखीएका प्लेकार्ड वोकिएका थिए ।
चौथो उद्योग दिवसको अवसर पारेर आयोजना गरिएको सभालाई सम्वोधन गर्दै पर्शुराम नगरपालीकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अथिति भिमवहादुर साउदले उद्योग स्थापना गरेर मात्रै समृद्ध नेपाल, सुखी नेपाली वनाउँने नेपाल सरकारको उदेश्य पुरा हुने बताए । उद्योग विना नेपालको समृद्धि नहुँने भएकाले गाउँ गाउँमा साना तथा घरेलु उद्योग स्थापना गर्नका लागि जनताहरुले जागरुक हुनु पर्ने नगर प्रमुख साउँदको भनाई छ ।
सोही कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराका प्रमुख केशव भण्डारीले डडेल्धुरामा घरेल तथा साना उद्योगको अवस्था, सम्भावनाका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला समन्वय समिति डडेल्धुराका उप प्रमुखको रत्ना देवी कामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाँच जना सफल उद्यमीलाई सम्मान समेत गरिएको थियो । उद्योग सम्वन्धी आम सर्वसाधारणलाई जनचेतना जगाउँने उदेश्यले घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराले विगतका वर्ष देखी ग्रामिण क्षेत्रमा उद्योग दिवस मनाउँदै आईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया