अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेसन (आईओसी) ले पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

भारतबाट सस्तो तेल पाएपनि निगम ले मूल्य नघटाउने


मूल्य घटेपनि निगम ले मूल्य नघट्ने जनाएको छ।आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर झर्यो


अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर तल झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरिएको छ ।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *