वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो ।

अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । नयाँ कामदारले भने स्वीकृति पाउने छैनन् ।

Total
24
Share