बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म सूर्यवंशीले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म सूर्यवंशीले बक्स अफिसमा ७ दिनको यात्रा पूरा गरिसकेको छ र पहिलो हप्तामा यो फिल्मले आफ्नो खातामा १९० करोड जोडेको छ । फिल्म सूर्यवंशीको बम्पर कमाईबाट निर्माता मात्र होइन, व्यापार विज्ञ पनि खुसी छन् । चलचित्रले जसरी कमाइ गरिरहेको छ, त्यसले दर्शक फेरि पनि राम्रा कथा हेर्न तयार भएको व्यवसायीहरू बताउँछन् ।

सूर्यवंशीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ, तर यसका साथसाथै फिल्मले निर्मातालाई अन्य हिसाबले पनि धेरै नाफा दिइरहेको छ । पछिल्लो रिपोर्ट अनुसार, फिल्म सूर्यवंशीका निर्माताहरूले यसको ओटीटी रिलीजको लागि नेटफ्लिक्ससँग हात मिलाएका छन्। नेटफ्लिक्सले फिल्म सूर्यवंशीलाई १०० करोडमा भारतीय रुपैयाँमा किनेको छ । यो कोरोनापछि बलिउड फिल्मलाई दिइएको सबैभन्दा ठूलो रकम हो । कोरोना महामारीपछि कुनै पनि फिल्मले यस्तो सम्झौता गरेको छैन । फिल्मको पैसाको सबै श्रेय रोहित शेट्टीलाई जान्छ, उनि अहिलेका सबैभन्दा सफल निर्देशक हुन्।

सूर्यवंशी कहिले रिलिज हुन्छ:
यदि तपाइँ थिएटरहरूमा सूर्यवंशी हेर्न सक्नु भएको छैन र OTT मा यसको रिलिजको लागि पर्खिरहनु भएको छ भने, यो फिल्म 4 डिसेम्बरमा नेटफ्लिक्समा रिलीज हुनेछ। बलिउड हंगामाको रिपोर्ट अनुसार निर्माताहरूले चाँडै सूर्यवंशीको ओटीटी रिलिज घोषणा गर्न सक्छन्। फिल्म सूर्यवंशीमा अक्षय कुमारले एटीएस अफिसरको भूमिका निभाएका छन्, जो देशलाई आतंककारीहरूबाट जोगाउन लागेका छन्। फिल्ममा कट्रिना कैफ, अजय देवगन र रणवीर सिंह जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *