बलिउड नायक सुनिल सेट्टीले स्टार किड्सको विरुद्धमा भैरहको प्रचारबाजीले आफूलाई चिन्तामा डुबाएको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘म आफ्नो बच्चालाई लिएर चिन्तित छैनँ । सामान्य रुपमा मलाई बलिउडमा काम गरिरहेका स्टारका सन्तानको बिषयमा चिन्ता उत्पन्न भएको छ । यो उद्योगमा काम गर्ने हरेक स्टारको बच्चाले लागूपदार्थ सेवन गर्छन् भन्ने सोच उत्पन्न भएको छ । तर, हामी यस्तो छैनौ । हामी राम्रो मानिस हौं । हामीलाई आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्न आउँछ । म स्पष्ट र मित्रतापूर्ण व्यवहारको समर्थन गर्दछु ।’

सुनिलले आफ्नो बाटोमा कहिल्यै पनि असफलता नआएको भन्दै कसैले पनि आफूलाई कुन बाटोमा हिड्ने भनेर भन्न नसक्ने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *