बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो । यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताउनुपर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै छानविनको माग गरेका थिए । तर, पछि सुशान्तको निधनको बिषय ड्रग्ससँग जोडिन पुग्यो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *