बाहुबली फिल्म निर्देशक एसएस राजामौली कोरोना संक्रमित

चर्चित फिल्म बाहुबलीका निर्देशक एसएस राजामौली कोरोना संक्रमित भएका छन ।

राजामौलीले कोरोना सङ्क्रमण भएको जानकारी ट्विटर बाट दिएका छन ।

राजामौली र उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट पोजेटिव आएपछि आफ्नै घरमा होम आइसोलेशनमा छन । उनका अनुसार परिवारका कुनैपनी सदस्यमा कोरोनाका लक्षण छैनन तर उनी सरकारी निर्देश अनुसार होम आइसोलेशनमा छन । उनले कोरोना बाट मुक्त भएपछि प्लाज्मा दान गर्ने इच्छा भएको बताएका छन ।

एसएस राजमौली भारतको हैदराबाद मा पत्नी रामा राजामौली र छोरा एसएस मयूख सँग बस्छन ।

Total
2
Share