क्रिश–४ मा ऋतिक रोशन दोहोरो भूमिकामा हुने

बलिउड अभिनेता ऋतिक रोशनको सुपरहिरो फिल्म सिरिज क्रिशको चौथो सिक्वेलमा पनि ऋतिक दोहोरो भूमिकामा देखिने भएका छन् । सिरिजको पहिलो फिल्ममा मात्र ऋतिकको दोहोरो भूमिका थिएन । त्यसपछि क्रिश र क्रिश ३ मा ऋतिकले क्रिश अर्थात कृष्णा मेहरा र उनका पिता रोहित मेहराको भूमिका निभाएका थिए । क्रिश ३ मा रोहित मेहराको मृत्यु भइसकेको छ ।

अब सिरिजको नयाँ सिक्वेलमा ऋतिकले क्रिश अर्थात कृष्णा मेहरासँगै फिल्मको खलपात्रको पनि भूमिका निर्वाह गर्ने भएका हुन् । स्पटब्वायसँग यस विषयमा खुलासा गर्दै फिल्म निर्माण टिम निकट एक स्रोतले भन्यो ‘क्रिशमा सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्ने ऋतिकको सपना थियो । त्यो समय अब आएको छ ।’ क्रिशको कथा लेखकलाई क्रिश ४ को कथा लेख्न भनिएको छ ।