केजीएफ च्याप्टर २ को रिलिज मिति तय

काठमाडौं। यश स्टारर दक्षिण भारतीय फिल्म केजीएफ च्याप्टर २ को रिलिज मिति तय भएको छ । शुक्रबार एक पोस्ट जारी गर्दै फिल्म निर्माता टिमले यसको जानकारी दिएको हो । अब यो फिल्म १६ जुलाइ २०२१ मा रिलिज हुनेछ ।

प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्ममा यशका अलावा संजय दत्त, रविना टण्डन, श्रीनिधी शेट्टी, प्रकाश राज र माल्भिका अविनाशको पनि अहम भूमिका छ । पहिले यो फिल्म अक्टोबर २०२० मा रिलिज गर्ने तय थियो तर कोरोनाभाइरसका कारण लकडाउन भएपछि सिनेमाघार र फिल्म निर्माणको काम बन्द थिए ।