Posted inराजनीति

नेपाली कांग्रेसले आज घाेषणापत्र सार्वजनिक गर्ने

सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दैछ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घाेषणापत्र सार्वजनिक गरिने भएकाे हाे। अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, […]

Posted inविजनेस

एलोन मस्कले ट्विटरका सीईओ पराग अग्रवाललाई बर्खास्त गरे, एक अधिकारीलाई पनि बाहिर निकाले

ट्विटरको नयाँ मालिकको रूपमा, एलोन मस्कले यस सोशल मिडिया कम्पनीका चार शीर्ष अधिकारीहरूलाई हटाएका छन्। जसमा भारतीय मूलका सीईओ पराग अग्रवाल, कानूनी मामिलाका कार्यकारी अधिकृत विजय गड्डे, मुख्य वित्तीय अधिकारी नेद सहगल र जनरल काउन्सिल शन अजेट समावेश छन्। यस विषयमा परिचित व्यक्तिहरूका अनुसार साइन एगेटलाई भवनबाट बाहिर निकालिएको छ। सियान सन् २०१२ देखि यस […]

Posted inविश्व

मिस वर्ल्ड २०२२ क्यारोलिना बिलावस्का नेपाल भ्रमणमा आउने

मिस वर्ल्ड २०२२ क्यारोलिना बिलावस्का नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । मिस वर्ल्डले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ । गत साता लण्डनमा आयोजित समारोहमा बिलावस्काले नेपाल आउने इच्छा व्यक्त गरेकी थिइन् । त्यसको केही दिनपछि मिस वर्ल्डले फेसबुक पृष्ठमार्फत निकट भविष्यमै नेपाल भ्रमण हुने जानकारी गराएको हो । उनलाई नेपाल भ्रमणको निम्तो नेपालीमूलका बेलायती व्यवसायी […]

Posted inनेपाली फिल्म

प्रेमगीत ३’ ले मनायाे सफलताकाे पार्टी, फिल्मको विश्वव्यापी कमाइ ३९ लाख

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ ले सफलताको पार्टी मनाएको छ।  आइतबार बुढानिलकण्ठस्थित बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरूसँग देउसी-भैलो खेल्दै निर्माण टिमले सफलता पार्टी मनाएका हुन्। बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरूसँग खानपिन, देउसी-भैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेका छौं। यो खुसीको अवसरमा हामीले बालगृहमा बस्दै आउनुभएका सम्पूर्ण बालबालिकाको […]

Posted inसुदूरपश्‍चिम प्रदेश

देउता रिसाउँछन् कि भन्ने डरले छाउगोठमा बस्न बाध्य

खप्तडछान्ना गाउँपालिका –५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहनुहुन्छ, किनकि उहाँले परिवारबाटै त्यस्तै शिक्षा पाउनुभयो । अहिले उहाँ महिनावारी […]

Posted inसुदूरपश्‍चिम प्रदेश

बैतडीमा नदीमा डुबेर एक जनाको मृत्यु

बैतडीको सुर्नया नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका -६ स्थित सुर्नया नदीमा डुबेर पाटन-१ जरौलीका ५३ वर्षीय नरबहादुर भट्टराईको मृत्यु भएको हो । नेपाल विद्युत प्राधिकरण पाटन मा कार्यरत कर्मचारी को नदिमा डुबेर मृत्यु भएको हो। शुक्रबार बिहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले […]

Posted inसुदूरपश्‍चिम प्रदेश

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु […]

Posted inक्रिकेट

साउथ अफ्रिका विरुद्धको शृंखलाअघि नै टिम इन्डियालाई झट्का, यी स्टार खेलाडी फिट छैनन्

सेप्टेम्बर २८ बाट दक्षिण अफ्रिका विरुद्ध सुरु हुने टी-२० सिरिजअघि भारतीय टोलीलाई ठूलो झटका लाग्न सक्छ । भारतका स्टार फास्ट बलर मोहम्मद शामीले अहिलेसम्म कोरोना भाइरस पोजिटिभ छन । मोहम्मद शामी दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजबाट बाहिरिने सम्भावना बढेको छ । एसिया कपमा भारतीय फास्ट बलरको खराब प्रदर्शनपछि मोहम्मद शामी टिम इन्डियामा फर्किएका छन् । तर […]

Posted inसमाचार

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो। प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि […]

Posted inकर्णाली प्रदेश, विजनेस

माथिल्लो कर्णाली जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउनु पर्छ , जीएमआरको सम्झौता तत्काल खारेज गरियोस् : रावल

एमालेका सांसद भीमबहादुर रावलले माथिल्लोफ कर्णाली जलविद्युत् आयोजना स्वदेशी लगानीमा अगाडि बढाउनुपर्ने बताएका छन् । त्यसका लागि भारतीय कम्पनी जीएमआरसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने उनको माग थियो ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा माथिल्लो कर्णालीबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौंता तत्काल […]

Posted inगण्डकी प्रदेश

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ, भदौ २१ गते –  एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत […]

Posted inसमाचार

बरिष्ठ आर्ट निर्देशक एवंम कलाकार उद्धवराज भट्टराई ( जुंङ्गे दाई ) को निधन

बरिष्ठ आर्ट निर्देशक एवंम कलाकार उद्धवराज भट्टराई ( जुंङ्गे दाई ) को निधन भएको छ । बैतडीको पाटन नगरपालिका १ घर भएका भट्टराईको शनिवार उपचारका लागि काठमाडौ लैजाने क्रममा चितवनमा ६६ बर्षको उमेरमा निधन भएको हो ।  लामो समयदेखी दम रोगबाट पीडित भट्टराईको आर्थिक अभावका उपचारमा समस्या भैरहेको थियो । जुङ्गे दाईका नामले दर्शक माझ […]

Posted inविश्व

अर्जेन्टिनाकी उपराष्ट्रपतिको ज्यान मुस्किलले बच्यो, हत्याको प्रयास क्यामेरामा कैद

एजेन्सी / रोयटर्स- अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई बन्दुकधारीले गोली हानेर हत्या गर्ने प्रयास गर्यो तर उनि मुस्किलले जोगिएकी छिन । क्रिस्टिना फर्नान्डेज अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा रहेको आफ्नो घरबाहिर समर्थकहरूसँग भेट गरिरहेकी थिइन्, जब भीडबाट एक व्यक्ति बाहिर आए र उनको अनुहारमा पेस्तोल ताने । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पेस्तोलमा पाँचवटा गोली भरिएको […]

Posted inविजनेस

नेपाल आइल निगमले डिजेल र मट्टितेलको मूल्य ६ रुपैयाँ बढायो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । […]

Posted inधर्म अध्यात्म, सुदूरपश्‍चिम प्रदेश

सुरु भयो सुदूरपश्चिममा गौरा पर्व

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।  तामाको भाँडोलाई गाईको गोबरले लिपेर […]

Posted inविजनेस

पश्चिमसेती : स्थानीय भन्छन्, ‘४२ वर्षपछि पुनः आशा पलायो’

विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन । आफ्नो बालापन सम्झिँदै उहाँ भन्नुहुन्छ, “विसं २०३७ मा पश्चिमसेती चर्चामा आएको हो, हामी त्यति बेला दिपायल स्कुलमा पढ्थ्यौँ । अहिले विसं २०७९ लागिसकेको छ, तर […]

Posted inसमाचार

नागरिकता विधेयक राष्ट्रियसभा पेस

राष्ट्रियसभामा नागरिकता विधेयक विधायन व्यवस्थापन समितिले पेस गरेको छ। विधायन व्यवस्थापन समितिले आज नेपाल नागरिकता नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई […]

Posted inसुदूरपश्‍चिम प्रदेश

सुदूरपश्चिम सरकारले गौरा पर्वमा दिएको बिदा झिक्यो

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वमा दिएको सार्वजनिक बिदा फिर्ता लिएको छ। बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा झिकिएको जनाएको छ। यहि भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश […]