भरतपुर कोरोना भाइरस परीक्षण प्रयोगशालमा दुई चिकित्सकसहित कम्तिमा २० जनामा कोरोना संक्रमणको पुष्टि

चितवनको भरतपुरस्थित कोरोना भाइरस परीक्षण प्रयोगशालमा भएको परीक्षणमा दुई चिकित्सकसहित कम्तिमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोरोना विशेष अस्पतालका संयोजक डा. प्रमोद पौडलले दुई डाक्टरसहित कम्तिमा २० जनामा संक्रमण देखिएको खबर प्रयोगशालाबाट प्राप्त भएको तर त्यसको औपचारिक जानकारी भने आउन भने बाँकी रहेको बताए ।

संक्रमितको संख्या २० भन्दा बढी हुन सक्ने डा. पौडेलले बताए । आइतबार झण्डै तीन सयजनाको स्वाब परीक्षणका लागि पठाइएको केही नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ ।